युवा परिषद्का कार्यकारी उपाध्यक्ष बर्खास्त

चौलागाईंले आफू कानूनी प्रक्रियाबाट नियुक्त भएकाले प्रदेश सरकारको यो निर्णयविरुद्ध अदालत जाने बताएका छन्।

नेपालभ्युज

युवा परिषद्का कार्यकारी उपाध्यक्ष बर्खास्त

हेटौडा। बागमती प्रदेश सरकारले युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंलाई बर्खास्त गरेको छ। बागमती प्रदेश सरकारको आज बसेको बैठकले प्रदेशको कानूनविपरीतका कार्यहरू गरेको आरोप लगाउँदै चौलागाईंलाई बर्खास्त गर्ने निर्णय गरेको हो।

बैठकले विभागीय मन्त्री तथा परिषद् अध्यक्षसँग समन्वय नगरी काम गरेको,सोधिएको स्पष्टिकरणको चित्त बुझ्दो जवाफ नदिएको,परिषद्को अनुमतिबिना नै लोगो तथा स्लोगन सार्वजनिक गरेको र परिषद्को गोपनीयता भङ्ग हुनेगरी पत्रकार सम्मेलन गर्ने जस्ता कार्य गरेका कारण चौलागाईंलाई बर्खास्त गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्ण प्रसाद खनालले बताए। चौलागाईंलाई २०७८ जेठ २७ गते बसेको मन्त्रिपरिषद् निर्णयबाट प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले नियुक्त गरेका थिए।

चौलागाईंले आफू कानूनी प्रक्रियाबाट नियुक्त भएकाले प्रदेश सरकारको यो निर्णयविरुद्ध अदालत जाने बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved