मकवानपुर। मकवानपुर प्रहरीले अवैध लागूऔषध नाइट्राभेट ट्याब्लेटसहित ४ जनालाई पक्राउ गरेको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातोमाटेबाट नाइट्राभेटसहित ४ जना पक्राउ परेका हुन्। वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ५३०९ नम्बरको बस चेकिङ गर्ने क्रममा ६०० ट्याब्लेट लागूऔषधसहित उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–८ बस्ने २१ बर्षीय उत्सव भन्ने एन्जल गुरुङ, सोही स्थानका १८ बर्षीय निश्चल परियार, भरतपुर महानगरपालिका–१६ का ३३ बर्षीय नरबहादुर राना मगर र भरतपुर–१६ कै २८ बर्षका युवराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी जयश्वर रिमालले जानकारी दिए।
उनीहरुलाई जिल्ला अदालतबाट १० दिनको म्याद थपेर आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए।
Facebook Comment
Comment