नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो ‘लाइफ आइइन्स्योर’ जीवन बीमा योजना

नेपालभ्युज

नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो ‘लाइफ आइइन्स्योर’ जीवन बीमा योजना

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘आइइन्स्योर’ जीवन बीमा योजना ल्याएको हो।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले न्यून लगानीमा अधिक जोखिम बहन गर्नुका साथै आफूले गरको लगानीको पनि सुनिश्चतता हुने नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना ल्याएको हो।

न्यून लगानीमा अधिक जोखिम बहन हुनुको साथै लगानीको सुनिश्चितता हुनु यो योजनाको मुख्य विशेषता हो।

नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना मुनाफामा सरिक नहुने म्यादी जीवन बीमा योजना भएकाले १८ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्ति यसमा सामेल हुन सक्ने बताइएको छ।

न्यूनतम ५ वर्षदेखि अधिकतम २५ वर्षसम्मको बीमा अवधि लिन सकिने आइइन्स्योर जीवन बीमामा बीमा समाप्ति अधिकतम उमेर भने ६५ वर्ष कायम गरिएको छ। आफ्नो आम्दामी वा सुविधाका आधारमा वार्षिक, अर्धवार्षिक , त्रैमासिक , मासिक र एकमुष्ठ तरिकाले बीमा शुल्क भुक्तानी गर्न सकिने छ।

न्यूनतम बीमांक रकम १,००,००० (एक लाख) देखि अधिकतम बीमांक रकम १०,०००,००० (एक करोड) सम्मको बीमा गर्न सकिने कम्पनीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved