एमालेले न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन मिल्दैन : पौडेल

एमालेले उक्त प्रस्ताव ल्याए सभामुख अग्निप्रसाद सापकोटाले संसद्बाट अस्वीकार गरिदिने दावी गरे।

नेपालभ्युज

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध प्रमुख प्रतिपक्ष दल एमालेले महाअभियोग प्रस्ताव ल्याउन नमिल्ने टिप्पणी गरेका छन्। सत्तारुढ प्रमुख घटक कांग्रेसका वरिष्ठ नेता पौडेलले एमालेले संसद् विघटनको मुद्धामा आफूलाई हराएवापत् सर्वोच्च अदालतको निर्णयविपरीत महाअभियोग प्रस्ताव ल्याउन नमिल्ने तर्क गरेका हुन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सर्वोच्च अदालतको निर्णय अन्तिम हुने र त्यसलाई चुनौति दिनेगरी एमालेले कुनै पनि न्यायाधीशविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव ल्याउन नमिल्ने बताए। वरिष्ठ नेता पौडेलले उक्त प्रस्ताव एमालेले ल्याए सभामुख अग्निप्रसाद सापकोटाले संसद्बाट अस्विकार गरिदिने दावी गरे।

संसद् विघटनको मुद्धामा आफू हार्ने अनि सर्वोच्चका न्यायाधीशविरुद्ध महाअभियोग लगाउने कुरा सरासर गलत हुने उनको भनाई थियो।

उनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग भने जनतालाई न्याय दिन सत्तारुढ दलका सांसदहरूले प्रस्ताव ल्याएको दावी गरेका थिए। यो प्रस्तावसँगै अब सर्वोच्च अदालतमा विद्यमान गतिरोध हट्ने र नेपाली जनताले न्याय पाउने विश्वास समेत व्यक्त गरे। वरिष्ठ नेता पौडेलले संवैधानिक बाटोबाटै आफू हट्ने प्रधानन्यायाधीश जबराको आकांक्षालाई पनि सत्तारुढ दलहरूले संसद्मा दर्ता गराएको महाअभियोग प्रस्तावले सघाउ पुर्‍याएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved