संसद् बैठक रोकेर सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

सभामुख सापकोटाले भोलि दिउँसो २ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन्। विकसित राजनीतिक घटनाक्रमबारे छलफलका लागि बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको छ।

नेपालभ्युज

संसद् बैठक रोकेर सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले सोमबारका लागि तय भएको संसद् बैठक स्थगित गरेर सर्वदलीय बैठक बोलाएका छन्।

आज आइतबार प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध ९८ सांसदहरुको हस्ताक्षरसहित महाअभियोग प्रस्ताव दर्ता भएपछि भोलि सोमबारका लागि बोलाइएको संसद् बैठक सूचना टाँसेर स्थगित भएको हो।

सभामुख सापकोटाले भोलि दिउँसो २ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन्। विकसित राजनीतिक घटनाक्रमबारे छलफलका लागि बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको छ।

सोमबार दिउँसो १ बजेका लागि निर्धारित प्रतिनिधिसभा बैठक भने ४ फागुन बुधबारसम्मका निम्ति स्थगित गरिएको छ।

सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बुधबार दिउँसो १ बजे बैठक बस्ने गरी निर्धारण गरेको संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved