यूएईसँग नेपाल पराजित : बलर चलेनन्, पाँचै ब्याटर पनि क्याच आउट

नेपालभ्युज

यूएईसँग नेपाल पराजित : बलर चलेनन्, पाँचै ब्याटर पनि क्याच आउट

काठमाडौं । चारदेशीय टी–ट्वान्टी सिरिजको दोस्रो खेलमा नेपालले आज यूएईसँग हार बेहोरेको छ। नेपाल यूएईसँग २५ रनले पराजित भयो। पूरा ओभर खेलेको नेपालले पाँच विकेट गुमाएर १ सय ६७ रन मात्र बनाउन सक्यो।

टस हारेर ब्याटिङमा उत्रिएको यूएईले नेपालसामु १ सय ९३ रनको विशाल योगफल तयार पारेको थियो। यूएईसामु नेपालले कसिलो बलिङ गर्न सकेन। ठूलो लक्ष्य पछ्याएको नेपालका ब्याट्सम्यानको प्रदर्शन पनि खासै गतिलो हुन सकेन।

दीपेन्द्र सिंह ऐरीले ३३ बलमा ४१ रन बनाउनुबाहेक अरूको योगफल खासै गतिलो भएन। नेपालका ओपनर ज्ञानेन्द्र मल्ल १९ बलमा २२ रन बनाएर क्याच आउट भए भने। आशिफ शेखले २९ बलमा ३४ रन बनाउन सके। आरिफ शेख पनि १२ बलमा ११ रन बनाएर आउट भए। मध्यक्रममा आएका लोकेश बमले बाउण्ड्री नजिकै क्याच आउट हुनुअघि आक्रमक खेले। दुई छक्का हिर्काएका उनले २१ बलमा ३३ रन बनाउन सके।

शुरुआती १० ओभरसम्म निकै राम्रो प्रदर्शन गरेको नेपाल ठूलो लक्ष्यसामु दबाबमा परेको थियो। नेपालका सबै खेलाडी क्याच आउट भए।

यसअघि यूएईले अल अमिराद स्टेडियममा टस हारेर मात्र तीन विकेटको क्षतिमा १ सय ९२ रन बनाएको थियो। ५ छक्का हिर्काएका यूएईका चिराग सुरीले नट आउट ८४ रन बनाए भने रोहन मुस्तफा अर्धशतकबाट मात्र एक रनले चुके।

बलिङतर्फ नेपाल बलर कमलसिंह ऐरी महँगा साबित भए। उनले पूरा चार ओभरमा ४२ रन दिएर पनि विकेट लिन सकेनन्। नेपालका लागि उत्कृष्ट प्रदर्शन गरेका कप्तान सन्दीप लामिछाने एक विकेट लिए। पूरा ओभर खेलका उनले मात्र २३ रन दिएका थिए। आरिफ शेख र शाहब आलमले पनि एक/एक विकेट लिए।

यूएईका रोहन मुस्तफाले २ विकेट लिए।

यसअघि नेपालले हिजो (शुक्रबार) सिरिजको पहिलो खेलमा ओमानमाथि ६ विकेटको जित हात पारेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved