गुडिरहेको कार पुलबाट खस्यो, एयर ब्यागले जोगायो पाँच जनाको ज्यान

नेपालभ्युज

गुडिरहेको कार पुलबाट खस्यो, एयर ब्यागले जोगायो पाँच जनाको ज्यान

जनकपुरधाम । धनुषाको बसही पुलबाट कार खोलामा खसेको छ। मिथिला नगरपालिकाअन्तर्गत ढल्केवर नक्टाझिजनेर दुर्घटना भएको हो।

प्र २- ०२-००१ च ९४९ नम्बरको कार दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। कार भने क्षतिग्रस्त भएको छ। पाँच जना सवार कारमा १ जना सामान्य घाइते भएका छन्। एयर ब्यागको सिस्टम भएको कार भएकाले ठूलो दुर्घटना हुनबाट जोगिएको प्रहरीले जनाएको छ।

कार चालक जनकपुर-४ का २० वर्षको कृष्ण चौधरी घाइते भएका छन्। उनीहरको जनकपुरको गोदावरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अन्य चार भने सुरक्षित रहेका जनाइएको छ।

यो पुल ३-४ वर्षदेखि निर्माणाधीन छ। ढिलो र सुस्त गतिमा पुल निर्माणको काम भइरहेको र त्यहाँ कुनै पनि सुरक्षा मापदण्डको व्यवस्था मिलाइएको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved