बढ्यो सुनचाँदीका मूल्य

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२७ डलर आसपास कारोबार भइरहेको छ।

नेपालभ्युज

बढ्यो सुनचाँदीका मूल्य

काठमाडौं। सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला ३०० रुपैयाँले उकालो लागेर ९३ हजार ४०० पुगेको छ। सुन मङ्गलबार प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ९०० छ। यसको मूल्य अघिल्लो दिन ९२ हजार ६०० रुपैयाँ थियो।

त्यस्तै, आज चाँदीको मूल्य अधिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँले बढेर एक हजार २८० कायम रहेको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२७ डलर आसपास कारोबार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved