नेकपाका प्रवक्ता प्रकाण्डले भने- म एमाले प्रवेश गर्न लागेको होइन

प्रकाण्डले भनेका छन्, “म एमालेमा प्रवेश गर्ने कुरा त टाढैको हो। यो सोच्न पनि सकिँदैन।”

नेपालभ्युज

नेकपाका प्रवक्ता प्रकाण्डले भने- म एमाले प्रवेश गर्न लागेको होइन

काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले आफू एमाले प्रवेश नगर्ने बताएका छन्। उनले ‘यस्तो हल्ला साम्राज्यवादी र दलाल पुँजीवादी एजेन्टहरूको कुप्रचा’ भन्दै त्यसप्रकारका समाचारबाट भ्रमित नहुन आग्रह गरेका छन्।

प्रकाण्डले भनेका छन्, “म एमालेमा प्रवेश गर्ने कुरा त टाढैको हो। यो सोच्न पनि सकिँदैन।”

उनले नेपाल कम्युनिस्ट पार्टीले लिएको वैज्ञानिक समाजवादी कार्यक्रमले राष्ट्रिय राजनीतिको नेतृत्व गर्न लागेकाले नेकपाको सफलताबाट आत्तिएका साम्राज्यवादी तथा दलाल पुँजीवादीका एजेन्टहरूको कुप्रचार मात्र भएको टिप्पणी गरे।

प्रवक्ता प्रकाण्डले यस्तो कुप्रचार गर्ने दलालहरूलाई जनताले कारबाही गर्ने चेतावनी पनि दिए। नेपाली जनता, कार्यकर्ता र पार्टीपङ्क्तिमा साम्राज्यवादी तथा दलाल पुँजीवादी एजेन्डहरूको कुप्रचारको भ्रममा नपर्न उनले आग्रह गरेका छन्।

प्रकाण्डले भने, “पार्टीको क्रान्तिकारी विचार, नेतृत्व, एकीकृत जनक्रान्तिको कार्यदिशा र वैज्ञानिक समाजवादको कार्यक्रम नेपाली जनतामा लोकप्रिय हुँदै गएको छ। यो लोकप्रियताले आत्तिएका, डराएका, साम्राज्यवादी र दलाल पुँजीवादी तत्वका एजेन्टहरूको कुप्रचार मात्र हो। यसमा भ्रमित नहुन म सबैलाई आग्रह गर्दछु।”

केही अनलाइनहरूले ‘प्रकाण्ड एमाले प्रवेश गर्दै’ भन्ने भ्रमपूर्ण समाचार प्रकाशित गरेका थिए। उनले भ्रमपूर्ण समाचार प्रकाशित गर्ने मिडिया र पत्रकारलाई त्यस्तो पत्रकारिता नगर्न चेतवानी दिँदै सचेत गराउँदा गराउँदै पनि नसुध्रिएमा जनताले कारबाही गर्ने चेतावनी पनि दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved