देउवा र प्रचण्डको पत्र कूटनीतिक मर्यादाविपरीत, जनतासमक्ष माफी माग्नुपर्छ : कमल थापा

देउवा र प्रचण्डले संयुक्त हस्ताक्षरसहित २१ सेप्टेम्बर २०२१ मा पत्र लेख्दै उक्त परियोजनाको प्रशंशा गरेर सम्झौता अनुमोदनका लागि एमसीसी सञ्चालक समितिसमक्ष थप समय माग गरेका छन्।

नेपालभ्युज

देउवा र प्रचण्डको पत्र कूटनीतिक मर्यादाविपरीत, जनतासमक्ष माफी माग्नुपर्छ : कमल थापा

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का पदाधिकारीलाई लेखेको पत्र कूटनीतिक मर्यादाविपरीत भएको टिप्पणी गरेका छन्।

देउवा र प्रचण्डले एमसीसीलाई लेखेको पत्र बाहिरिएपछि उनले सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गर्दै यस्तो बताएका हुन्। देउवा र प्रचण्डले संयुक्त हस्ताक्षरसहित २१ सेप्टेम्बर २०२१ मा पत्र लेख्दै उक्त परियोजनाको प्रशंशा गरेर सम्झौता अनुमोदनका लागि एमसीसी सञ्चालक समितिसमक्ष थप समय माग गरेका छन्। आइतबार विवादित एमसीसी परियोजनाबारे उक्त पत्र बाहिरिएपछि संशोधनसहित मात्र एमसीसी पास हुनुपर्ने अडान देखाएका प्रचण्डसहित प्रधानमन्त्री देउवाको विरोध भएको थियो।

नेता थापाले उक्त पत्र कानून, संविधानको स्थापित मान्यता एवं राष्ट्रहित प्रतिकुल रहेको र सो पत्र अहिले सम्म गोप्य राख्नु आपत्तिजनक भएको टिप्पणी गर्दै देउवा र प्रचण्डले जनतासमक्ष माफी माग्नुपर्ने बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved