संशोधन बिना एमसीसी पारित हुन्‍न : प्रचण्ड

नेपालभ्युज

संशोधन बिना एमसीसी पारित हुन्‍न : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संशोधन बिना एमसीसी पारित नहुने दाबी गरेका छन्। एमसीसी मुख्यालयलाई प्रधानमन्त्री शेरबहादुर देउवा र २९ सेप्टेम्बरमा लेखेको गोप्य पत्र आइतबार सार्वजनिक भएको थियो। यससँगै राजनीतिकवृत्तमा हलचल पैदा भएपछि प्रचण्डले एमसीसीबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

प्रचण्डले राष्ट्रिय हित र गठबन्धन सरकारका लागि यस्तो पत्र लेखेको भन्दै आफ्नो बचाउ गरेका छन्। उनले यस पत्रबारे राजनीतिक वृत्त तथा जनस्तरमा भएका टिप्पणीप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन्। ‘‘ प्रतिगमनलाई परास्त गरी भर्खरै गठबन्धन सरकार निर्माण भएको समयमा प्रधानमन्त्रीमाथि एमसीसी पारित गर्नैपर्ने दबाब भएकोले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि उक्त पत्र लेखिएको थियो। र, पत्रमा एमसीसीका लागि राष्ट्रिय सहमति आवश्यक हुने र राष्ट्रिय सहमति निर्माणका लागि सरकारलाई केही समय आवश्यक पर्ने कुरा उल्लेख गरिएको हो,” प्रचण्डले विज्ञप्ति जारी गर्दै भनेका छन्, ”देशमा एकातिर एमसीसीबारे राजनैतिक वृत्त, बुद्धिजीवी, प्रेस देखी जनस्तरसम्म बिरोध र दवावको अवस्था विद्यमान रहनु र अर्कोतिर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एमसीसीबारे गठन गरेको कार्यदलले पनि यसलाई परिमार्जन बिना पारित गर्न नसकिनेू निचोड प्रस्तुत गरेकोले समेत गठबन्धनभित्रै यसबारे एउटै मत बनिहाल्ने अवस्था थिएन। यही वस्तुगत अवस्थालाई मध्यनजर गर्दै राष्ट्रहितलाई केन्द्रमा राखेर नेतृत्वले गरेको कुटनैतिक पहललाई गलत रूपमा व्याख्या गर्नु र अनावश्यक रुपमा उछाल्नुको कुनै अर्थ छैन।”

गोप्य  पत्रमा के छ ?

२९ सेप्टेम्बरमा  देउवा-प्रचण्डले पठाएको संयुक्त पत्रमा परियोजना पारित गर्ने समयसीमा बढाइदिन माग गरिएको छ। सबैलाई सहमतिमा ल्याएर एमसीसी पारित गर्ने प्रतिवद्धता पनि दुई नेताले यस पत्रमार्फत गरेका छन्।

एमसीसी मुख्यालयले यही पत्रको हवाला दिदैं देउवा र प्रचण्डलाई पुरानो प्रतिवद्धता स्मरण गराएर नयाँ पत्र पठाएको थियो। १६ फागुनसम्म अर्थात् यसअघि थप गरिएको मितिभित्र परियोजना पारित गर्ने विषयलाई एमसीसीले स्मरण गराएको थियो।

प्रधानमन्त्री देउवाले केहि समयअघि नै एमसीसीलाई पत्र पठाइएको खुलासा गरेका थिए। तर, प्रचण्डले एमसीसी पारित गर्ने प्रतिबद्धता गरेर  कुनै पत्र नलखेको दाबी गर्दै आएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved