विराटनगर। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिमण्डल विस्तार गरेका छन्। आज थप आठ मन्त्री नियुक्त भएसँगै मन्त्रिपरिषद्को संख्या १ राज्यमन्त्रीसहित १४ पुगेको छ।
मुख्यमन्त्री राईले प्रदेश १ प्रमुख परशुराम खापुङसमक्ष मन्त्रीहरूको नाम सिफारिस गरेका छन्। मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट तीन, नेकपा एकीकृत समाजवादी पार्टीबाट तीन र माओवादी केन्द्रबाट दुईजना थप भएका छन् ।
मुख्यमन्त्री कार्यालयबाट सिफारिस गरिएको सूचीअनुसार इन्द्रबहादुर बाड आर्थिक मामिला तथा योजना मन्त्री, हिमाल कार्की सडक पूर्वाधार तथा शहरी विकास मन्त्री, केदार कार्की आन्तरिक मामिला तथा कानून मन्त्री, जयराम यादव स्वास्थ्य मन्त्री, राम कुमार राई खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्री नियुक्त भएका छन्।
यस्तै राजन राई सामाजिक विकास मन्त्री, खिनु तडवा (लिम्बु) पर्यटन तथा संस्कृति मन्त्री, ललक बहादुर मगर कृषि मन्त्री, शेखर चन्द्र थापा मन्त्री वन, वातावरण तथा भू-संरक्षण मन्त्री, ओम प्रकाश सरावागी उद्योग श्रम तथा रोजगार मन्त्री नियुक्त भएका छन्। यसैगरी प्रताप प्रकाश हाहगाम भूभमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
मन्त्री र उपेन्द्र प्रसाद घिमिरे यातायात व्यवस्था तथा संचार मन्त्री बनेका छन्। विष्णु तुम्बाहाम्फेलाई सामाजिक विकास मन्त्रालयमा राज्यमन्त्रीका लागि नियुक्भ भएका छन्।
उनीहरूलाई आज शपथ खुवाउने तयारी गरिएको छ।
Facebook Comment
Comment