स्याङ्जामा जिप दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु

नेपालभ्युज

स्याङ्जामा जिप दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बिरुवा गाउँपालिका- ३ स्थित धोबादीमा आज बिहान करिब साढे ८ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

बिहान बिरुवाबाट खालीतर्फ जाँदै गरेको ग१ज ५९३९ नम्बरको जिप धोबादीस्थित भित्री सडक खण्डमा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी बिरुवा-३ खालीका २६ वर्षीय चालक बेलबहादुर थापा र सोही ठाउँका ३२ वर्षीय भेषबहादुर थापाको मृत्यु भएको छ।

शव पोस्टमार्टका लागि जिल्ला अस्पताल स्याङ्जा पठाइएको छ। जिप सडकबाट झण्डै पाँच सय मिटर तल खसेको थियो।

यसअघि प्यूठानमा जन्ती बोकेको जिप दुर्घटनामा परी ८ जनाको मृत्यु भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved