हिउँमा चिप्लिएर ट्याक्टर दुर्घटना, सहचालकको मृत्यु

नेपालभ्युज

हिउँमा चिप्लिएर ट्याक्टर दुर्घटना, सहचालकको मृत्यु
फाइल तश्वीर

बझाङ। बझाङमा हिँउमा चिप्लिएर ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको थलारा गाँउपालिका ३ चाउडिधारमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।

दुर्घटनामा ट्याक्टरका सहचालक थलारा गाँउपालिका २ का २५ वर्षीय लाल दाहलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

बिहिबार साँझ झनानाबाट बालुवा लिएर दंगाजीतर्फ जाँदै गरेको सुप्रप ०१००२ त ५७२७ नम्बरको ट्याक्टर हिँउमा चिप्लिएर दुर्घटना भएको थियो।

निरन्तरको हिमपातका कारण उद्धारमा समस्या भएको प्रहरीले बताएको छ।  गए रातिको वर्षासँगै परेको हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved