सीजी नेटले १५ दिन ‘फ्री ट्राइल’ दिने

यसरी उपभोक्तालाई १५ दिनसम्मको नि:शुल्क परीक्षण अवधि दिने आफूहरू पहिलो सेवाप्रदायक कम्पनी भएको दाबी सीजी नेटको छ

नेपालभ्युज

सीजी नेटले १५ दिन ‘फ्री ट्राइल’ दिने

काठमाडौं। सीजी नेटले नयाँ इन्टरनेट जडान गर्ने उपभोक्तालाई ‘फ्री ट्राईल अफर’ दिने भएको छ।

यो अफरअन्तर्गत नयाँ प्रयोगकर्ताहरूले सीजी नेट जडानमा १५ दिनको निःशुल्क परीक्षण सुविधा पाउनेछन्। यसबाट नयाँ प्रयोगकर्ताहरूले परीक्षण अवधिको रुपमा १५ दिन इन्टरनेट चलाउदा कुनै शुल्क लाग्ने छैन। यसरी उपभोक्तालाई १५ दिनसम्मको नि:शुल्क परीक्षण अवधि दिने आफूहरू पहिलो सेवाप्रदायक कम्पनी भएको दाबी सीजी नेटको छ।

सीजी नेटका प्रमुख कार्यकारी अधिकृत संजय पोखरेलले प्रयोगकर्ताहरूले उच्च गतिको इन्टरनेट निःशुल्क अनुभव गर्न पाउने बताए। उनका अनुसार राउटर, जडान र निक्षेप शुल्कको भुक्तानी नै नगरी उपभोक्ताले यो सुविधा प्रयोग गर्न पाउनेछन्।

सीजी नेटले हाल ९ सय ९९ रुपैया प्रति महिनामा १२० एमबीपीएसको उच्च गतिको इन्टरनेट र ६ सय ४९ रुपैयाँ मासिक पचास एमबीपीएसको सुपर सस्तो प्याकेज प्रदान गर्दै आएको छ। न्यून शुल्कमा गुणस्तरीय र उच्च गतिको इन्टरनेट खोज्ने उपभोक्ताहरूको पहिलो रोजाइमा आफुहरू रहेको कम्पनीले बताएको छ। सीजी नेटले काठमाडौं उपत्यकाका सबै क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउन सक्षम भएपछि प्रयोगकर्तालाई थप सुविधा दिनेतर्फ ध्यान केन्द्रित गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved