मौसमले साथ नदिएपछि रोकियो सीके राउतको आन्दोलन, १ फागुनबाट फेरि थाल्ने

नेपालभ्युज

मौसमले साथ नदिएपछि रोकियो सीके राउतको आन्दोलन, १ फागुनबाट फेरि थाल्ने

काठमाडौं । मधेश प्रदेशमा लगातार आन्दोलन चर्काइरहेको सीके राउत नेतृत्वको जनमत पार्टीले राजमार्ग अवरोध गर्ने कार्यक्रम फिर्ता लिएको छ।

मौसम प्रतिकूलतका कारण चिसो बढेकाले आन्दोलनजन्य कार्यक्रम केही समयलाई स्थगित गरिएको राउतको पार्टीका महासचिव चन्दन सिंहले जारी गरेको सूचनामा जनाइएको छ। ‍

पश्चिमी वायुका कारण देशभरको मौसम बदली भएको छ। प्रदेश २ मा पनि असिना पानीसहित वर्षा भइरहँदा चिसो बढेको छ।

२ माघमा भएको पार्टीको केन्द्रीय कार्यकारिणि समितिको बैठकले २० माघसम्म किसान आन्दोलनको कार्यक्रम तय गरेको जनाएको थियो।

पार्टीले राजमार्गकेन्द्रित कार्यक्रमको सट्टा मौसमले साथ दिए गाउँपालिकारनगरपालिका केन्द्रित अन्तरक्रियामूलक कार्यक्रम गर्ने जनाएको छ। मौसम सुधार भएपछि १ फागुनबाट आन्दोलनको अर्को तालिका निकाल्ने पनि पार्टीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved