सामाजिक सञ्जालमा म्यानचेस्टर युनाइटेडभन्दा रोनाल्डो र पिएसजीभन्दा मेस्सीका धेरै समर्थक

नेपालभ्युज

सामाजिक सञ्जालमा म्यानचेस्टर युनाइटेडभन्दा रोनाल्डो र पिएसजीभन्दा मेस्सीका धेरै समर्थक

एजेन्सी । क्रिष्ट्रियानो रोनाल्डो र लियोनल मेस्सी जुन क्लबबाट खेल्छन्, सामाजिक सञ्जालमा ती क्लबभन्दा उनीहरुको व्यक्तिगत एकाउन्टमा फलोअर्स धेरै छन्।

सबै सामाजिक सञ्जाल जोड्दा रोनाल्डोका व्यक्तिगत एकाउन्टलाई कुल ५९ करोड ३० लाख आसपासले फलो गरेका छन् । जबकी उनको क्लब म्यानचेस्टर युनाइटेडले सामाजिक सञ्जालमा १६ करोड ९० लाख फलोअर्स पाएको छ।

त्यस्तै, मेस्सीको एकाउन्टलाई ३७ करोड ५० लाख हाराहारीमा फलोअर्स प्राप्त छ। जबकी, उनी ट्वीटर चलाउँदैनन्। उनको क्लब पिएसजीका फलोअर्स १३ करोड ३० लाख छन्।

रियल म्याड्रिड र बार्सिलोना सामाजिक सञ्जलामा सर्वाधिक फलो गरिएका क्लब हुन्। तर, यी क्लबका फलोअर्सको संख्या पनि रोनाल्डो र मेस्सीभन्दा निकै कम छ ।

रियललाई २५ करोड १५ लाखले फलो गरेका छन्। त्यसैगरी बार्सिलोनालाई २४ करोड ८० लाखले फलो गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved