लुम्बिनीमा सरकार परिवर्तन हुँदैन : माओवादी

नेपालभ्युज

लुम्बिनीमा सरकार परिवर्तन हुँदैन : माओवादी

बुटवल। लुम्बिनी प्रदेश सरकार नफेरिने नेकपा (माओवादी केन्द्र) ले बताएको छ।

नेपाली कांग्रेससँग आधाआधा कार्यकाल आलोपालो सरकार सञ्चालन गर्नेसहमति गरेको माओवादीका मुख्यमन्त्री कुलबहादुर केसीको कार्याकाल सकिन लागेको छ। सहमतिअनुसार मध्य फागुनबाट माओवादीले नेतृत्व छाड्नुपर्ने हुन्छ। लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले लुम्बिनी प्रदेश सरकार परिवर्तन नहुने जिकिर गरे।

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्रीसमेत रहेका प्रवक्ता शर्माले लुम्बिनी प्रदेश सरकार अहिले परिवर्तन हुने अवस्था नभएको ठोकुवा गरे।

बुटवलमा आयोजित एक कार्यक्रममा मन्त्री शर्माले भने, “फागुनमा सत्ता परिवर्तन हुने हल्ला चले पनि यो हुँदैन, माओवादीकै सरकार रहन्छ।, शर्माले भने, “हामीले बनाएको गठबन्धन होइन ,यो राष्ट्रिय आवश्यकताले बनेको गठबन्धन हो। माथिबाट जे निणर्य हुन्छ ,यहाँ पनि त्यही हुन्छ।”

मन्त्री शर्माले केन्द्रीय सरकारदेखि प्रदेशका सबै सरकार गठबन्धनको सहमतिमा बनेका र ती सबै सरकारमा गठबन्धनको सहभागिता रहेकाले पनि लुम्बनी प्रदेश सरकार परिवर्तन गर्नुपर्ने आवश्यक नरहेको बताए।

मन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कारण संसद चल्न नसक्दा कैयौं काममा अवरोध भएको उल्लेख गर्दै सरकार अब संसद् सुचारु गर्ने पक्षमा रहेको बताए। न्यूनतम् १५ दिनका लागि भए पनि संसद चलाएर आवश्यक काम बढाउने उनले बताए।

यो पनि 

लुम्बिनीको सत्ता कांग्रेसलाई सुम्पन माओवादीको आनाकानी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved