एमसीसीबारे तत्काल निर्णय लिन कठिन छ : प्रचण्ड

नेपालभ्युज

एमसीसीबारे तत्काल निर्णय लिन कठिन छ : प्रचण्ड
फाइल तस्वीर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीबारे तत्काल निर्णय लिन कठिन भएको बताएका छन्।

पार्टीको कर्णाली प्रदेश बैठकलाई भर्चुअल सम्बोधनमा उनले भने, “एमसीसीका विभिन्न बुँदाहरूमा धेरै जनाको असहमति छ। ती बुँदाहरुलाई संशोधन गरेर हुन्छ या कसरी हुन्छ, छलफल र विमर्श गरेरमात्र यसबारे निर्णय गर्न सकिन्छ।”

उनले एमसीसीमा संशोधन गर्ने बुँदाबारे सत्तारुढ गठबन्धन दलका नेताहरूबीच छलफल भइरहेको र कुन बुँदा संशोधन गर्ने भन्ने विषयबारे पनि छलफल भएको बताएका छन्। प्रतिगमनको खतरा व्यापक भए पनि सत्ता गठबन्धन कुनै पनि हालतमा नटुट्ने उनले बताए। साथै स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न पनि उनले पार्टीपंक्तिलाई निर्देशन दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved