यू–१९ विश्वकप :अस्ट्रेलियामाथि सानदार जित निकाल्दै भारत आठौँ पटक फाइनलमा

नेपालभ्युज

यू–१९ विश्वकप :अस्ट्रेलियामाथि सानदार जित निकाल्दै भारत आठौँ पटक फाइनलमा

एजेन्सी। वेस्टइन्डिजमा जारी यू–१९ विश्वकपको फाइनलमा भारत पुगेको छ। भारतले दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलियालाई ९६ रनले हराउँदै आठौँ पटक यू–१९ विश्वकपको फाइनलमा स्थान पक्का बनाएको हो। कप्तान यश धुल र शेख रशिदको उत्कृष्ट दोहोरो शतकीय साझेदारीको सहयोगमा भारत फाइनलमा पुगेको हो। भारतले उपाधिको लागि शनिबार इंग्ल्यान्डसँग खेल्नेछ।

२ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलिया ४१ दशमलव ५ ओभरमा १ सय ९४ रनमा अलआउट भयो। अस्ट्रेलिया मध्यक्रमका ब्याटर लचलान शाले ६६ बलमा ४ चौकासहित सर्वाधिक ५१ रन बनाए। अर्का खेलाडी कोरे मिलर ३८, क्याम्पबेल केल्लावेले ३०, ज्याक सिनफिल्ड २० र टम ह्टनीले १९ रन बनाए। भारतका अफस्पिनर विक्की ओस्टलले सर्वाधिक तीन विकेट लिए। निशान्त सिन्धु र रवि कुमारले २–२ विकेट लिए।

त्यसअघि कुलिज क्रिकेट ग्राउन्ड एन्टिगुवामा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९० रन बनाएको थियो। भारतका कप्तान यश धुलले १ सय १० बलमा १० चौका र १ छक्कासहित १ सय १० रनको शतकीय इनिङ खेले। शेख राशिद १ सय ८ बलमा ८ चौका र १ छक्कासहित ९४ रनमा आउट भए।

कमजोर सुरुवात गरेको भारतलाई तेस्रो विकेटका लागि शेख रशिद र यस धुलले २ सय ४ रनको उत्कृष्ट दोहोरो शतकीय साझेदारीका साथ बलियो अवस्थामा पुर्‍याएका थिए।
इंग्ल्यान्डले सन् १९९८ मा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै पहिलो पटक उपाधि जितेको थियो । त्यसपछि इंग्ल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो। फाइनल खेल सर भिभियन रिचर्ड्स स्टेडियममा शनिबार हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved