नेपाल भर्सेस मौरिसस : पहिलो हाफमा नेपाललाई १-० को अग्रता

नेपालभ्युज

नेपाल भर्सेस मौरिसस : पहिलो हाफमा नेपाललाई १-० को अग्रता

काठमाडौं । मौरिससविरुद्ध दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपालले अग्रता लिएको छ।

मिडफिल्डर सुजल श्रेष्ठले १० मिनेटमै गोल गर्दै नेपाललाई १-० को अवस्थामा पुर्‍याएका छन्।

त्यसअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलको छैटौं मिनेटमा दर्शन गुरुङले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार पोस्टमाथिबाट धेरै आकाशिएको थियो। सातौं मिनेटमा पनि मौरिससका लिन्स्ले ब्रासीको प्रहारले पोस्टको दिशा लिन सकेको थिए।

आजको खेलमा नेपाल गोलरक्षक तथा कप्तान किरण चेम्जोङको कप्तानी उत्रँदा अग्रपङ्तिमा अन्जन विष्ट,आशीष लामा र दर्शन गुरुङ रहेका छन्। अघिल्लो खेलमा गोल गरेका विमल घर्तीमगर बेञ्चमा रहेका छन्। मिडफिल्डमा एरिक विष्ट, पुजन उपरकोटी र तेज तामाङ रहेका छन्।

डिफेन्समा दिनेश राजवंशी, देवेन्द्र तामाङ र सुजल श्रेष्ठ छन्। अघिल्लो खेलमा नेपालको डिफेन्स सम्हालेका गौतम श्रेष्ठ र सुमन अर्याल बेञ्चमा रहँदा डिफेन्डर नवीन गुरुङले डेब्यु गरेका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved