आईपीएल अक्सन : नेपालबाट सन्दीप मात्र छनोट

नेपालभ्युज

आईपीएल अक्सन : नेपालबाट सन्दीप मात्र छनोट

काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) २०२२ को मेगा अक्सनका लागि नेपालबाट सन्दीप लामिछाने मात्र छनोट भएका छन्।

आईपीएलमा हुने खेलाडी लिलामीका लागि नेपाल क्रिकेट संघले १५ खेलाडीको नाम दर्ता गराएको थियो। तर आयोजक भारतीय क्रिकेट बोर्डले सर्टलिस्टपछि मंगलबार सार्वजनिक गरेको सूचीमा नेपालबाट सन्दीपको नाम मात्र छ।

यो मेगा अक्सनका लागि सन्दीपले ४० लाख भारु अर्थात् ६४ लाख नेपाली रुपैयाँ आफ्नो आधार मुल्य राखेका छन्। मेगा अक्सन १२ र १३ फेब्रअरीमा हुनेछ।

सन् २०१८ मा डेल्ली डेयर डेभिल्सले वार्षिक २० लाख भारुमा पहिलो पटक सन्दीपलाई आईपीएलमा अनुबन्धित गरेको थियो। यसपछि डेल्लीबाट खेलेका केही खेलमा राम्रो प्रदर्शन गरेपछि उनको करियरले छलाङ मारेको थियो।

यसपछि नै उनले विश्वका प्राय सबै ठूला क्रिकेट लिग खेल्ने मौका पाएका थिए। सन् २०२१ मा भने आईपीएलको कुनै पनि टिमले उनलाई किनेको थिएन। यो पटक आईपीएलमा दुई नयाँ टिम थपिएकाले १० टिममध्ये कुनैले सन्दीपलाई किन्न सक्ने सम्भावना छ।

विश्वभरिबाट मेगा अक्सनका लागि १ हजार २ सय १४ खेलाडीले नाम दर्ता गराएकोमा सर्टलिष्टबाट ५९० खेलाडी मात्र छानिएका छन्। जसमध्ये ३७० भारतीय र बाँकी २२० अन्य देशका छन्। सन्दीपसँगै एशोसियट देशबाट कुल सात खेलाडी मात्र सर्टलिस्टमा परेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved