केही प्रदेशमा वर्षा‚ उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको संभावना

पश्चिमी वायुको प्रभावले आज (मंगलबार) प्रदेश १, मधेश‚ बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालभ्युज

केही प्रदेशमा वर्षा‚ उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको संभावना

काठमाडौं। पश्चिमी वायुको प्रभावले आज (मंगलबार) प्रदेश १, मधेश‚ बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै‚ उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मंगलबार बिहान हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहको छ तथा बुधबार राती बाट यसको प्रभाव बढ्ने सम्भावना देखिन्छ। अहिले बिहान हाल पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा हुस्सु÷ कुहिरो लागेको छ। दिउँसो प्रदेश १, मधेश‚ बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै‚ उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved