सुरक्षा परिषद्को बैठकमा अमेरिका र रुसबीच चर्काचर्की

संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को बैठकमा अमेरिका र रुसका राजदूतबीच आक्रोशपूर्ण भनाभन भएको छ।

नेपालभ्युज

सुरक्षा परिषद्को बैठकमा अमेरिका र रुसबीच चर्काचर्की

काठमाडौं। संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को बैठकमा अमेरिका र रुसका राजदूतबीच आक्रोशपूर्ण भनाभन भएको छ। रुसले युक्रेनमा आक्रमणको लागि सीमा क्षेत्रमा एक लाखभन्दा धेरै सैनिक परिचालन गरेको भन्दै अमेरिकाको आग्रहमा बसेको सुरक्षा परिषद्को बैठकमा संयुक्त राष्ट्र सङ्घका लागि रुसी र अमेरिकी राजदूतबीच चर्काचर्की भएको बीबीसीले जनाएको छ।

बैठकमा अमेरिकी राजदूत लिन्डा थोमस ग्रिनफिल्डले रुसले पछिल्लो दशककै सबैभन्दा धेरै सैनिक परिचालन गरेर स्वतन्त्र देश युक्रेनको अस्तित्वमाथि धावा बोलिरहेको आरोप लगाउनुभएको खबरमा उल्लेख छ। उनले अमेरिकाले समस्याको कुटनीतिक समाधान चाहेको र रुसले युक्रेनमा आक्रमण गरेमा त्यसको निर्णायक जवाफ दिने चेतावनी दिए। तर, रुसी राजदूत भास्ली नेबेन्ज्याले अमेरिकाले शक्तिको उन्माद देखाउँदै युक्रेन मामिलामा नचाहिँदो हल्ला फैलाएर विश्वलाई आतङ्कित बनाइरहको आरोप लगाए।

उनले अमेरिकी कदम रुसका लागि अस्वीकार्य रहेको पनि बताए। रुसले युक्रेनविरुद्ध आक्रमणको तयारी गरेको कुनै प्रमाण देखाउन चेतावनी दिँदै रुसले तालिमको लागि आफ्नो क्षेत्रमा सेना परिचालन गर्दा अमेरिका र युरोपले आपत्ति जनाउनुपर्ने कुनै कारण नरहेको पनि बताए। बैठकमै अमेरिकी र बेलायतका प्रतिनिधिले रुसले युक्रेनमाथिको दमन अन्त्य नगरे आर्थिकसहितका थप प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved