भ्रातृ संस्थाहरूको महाधिवेशनबारे पार्टीभित्र छलफल भइरहेको छ : महामन्त्री शर्मा

नेपालभ्युज

भ्रातृ संस्थाहरूको महाधिवेशनबारे पार्टीभित्र छलफल भइरहेको छ : महामन्त्री शर्मा
फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेविसंघलगायत पार्टीका भ्रातृ संस्थाहरूको महाधिवेशन सम्पन्न गर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको बताएका छन्।

महामन्त्री शर्माले नेविसंघलगायत भ्रातृ संस्थाहरूको समस्या समाधान गरेर जाने विषयमा अर्का महामन्त्री गगनकुमार थापा र आफूले बढी जोड दिएको पनि बताए।

सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपा पुगेका नेविसंघका विद्यार्थी नेताहरूसँग कुरा गर्दै उनले भ्रातृ संस्थाहरूमा देखिएको समस्या समाधानका लागि प्रक्रिया समेत अघि बढाइएको बताए। नेविसंघका पूर्वअध्यक्ष समेत रहनु भएका उनले मुलुकको लोकतान्त्रीकरणसँगै विकास, निर्माणको प्रक्रियालाई तीव्रता दिन पनि नेविसंघजस्ता संगठनहरू बलियो हुनुपर्नेमा आफूहरू सचेत रहेको पनि बताए।

महामन्त्री शर्माले आफू बोलेरभन्दा पनि कामै गरेर देखाउने भएकाले यस विषयमा पनि धेरै बोल्नै पक्षमा नरहेको पटकपटक दोहोर्‍याए। उनले आफूहरू पार्टीको पदाधिकारीमा आएपछि पार्टीभित्र देखिएको समस्याहरूलाई प्रक्रियामा लगेर समाधान गर्न लागि परेको बताए।

त्यस अवसरमा विद्यार्थी नेताहरूले नेविसंघको महाधिवेशन छिटो सम्पन्न गराउन पहल गरिदिन महामन्त्री शर्मासँग आग्रह गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved