कोरोनाका ५ हजार २९२ संक्रमित थपिए, ८ जनाको मृत्‍यु

नेपालभ्युज

कोरोनाका ५ हजार २९२ संक्रमित थपिए, ८ जनाको मृत्‍यु

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्‍यु भएको छ। १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जना र ५ हजार ७२० जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८२० जना गरी कुल ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ मन्त्रालयले जनाएको छ।

हाल देशभरमा ७९ हजार २७२ सक्रिय संक्रमित छन् भने ८ हजार १९१ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार अहिले देशभरमा ७७ हजार ६६५ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६०७ जना संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोनाका बिरामीमध्ये २८८ जना आईसीयू र ५० जना भेन्टिलेटरमा उपचार गराइरहेका छन्।

त्यस्तै १० वर्ष मुनिका ७४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १४८ जना कोरोना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंमा १,३६१, ललितपुरमा २७१ र भक्तपुरमा ९० जनामा कोरोना संक्रमण देखिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved