घरमै गरिएको कोरोना परीक्षणबारे जानकारी दिन सरकारको आग्रह

नेपालभ्युज

घरमै गरिएको कोरोना परीक्षणबारे जानकारी दिन सरकारको आग्रह

काठमाडौं । आफैंले कोरोना किट किनेर घरमै परीक्षण गर्दा पोजेटिभ नतिजा देखिए सरकारलाई जानकारी गराउन आग्रह गरिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सूचीकृत किटहरु प्रयोग गरी परीक्षण गरिने रिपोर्टबारे जानकारी दिन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सुचना जारी गरेको हो।
महाशाखाले सरकारले उपलब्ध गराएको इमेल तथा कल सेन्टरको निःशुल्क नम्बर १११५ मा एसएमएस गर्न आग्रह गरेको छ।
प्रयोगशाला बाहिर गरिएका परीक्षणको नतिजाबारे जानकारी प्राप्त नहुँदा संक्रमितको यकिन जानकारी प्राप्त हुन नसकेको महाशाखाले जनाएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved