बलुचिस्तानमा बन्दुक आक्रमण हुँदा बाबु छोरासहित चार जनाको मृत्यु

बन्दुक आक्रमणको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी अधिकारीले जानकारी दिएका छन्।

नेपालभ्युज

बलुचिस्तानमा बन्दुक आक्रमण हुँदा बाबु छोरासहित चार जनाको मृत्यु

काठमाडौं। बलुचिस्तानको राजधानी क्वेटाको सरयाब रोडमा कारमा भएको बन्दुक आक्रमणमा परी चार जनाको मृत्यु भएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार क्वेटाको सरयाब रोडमा अज्ञात आक्रमणकारीले कारमा गोली चलाउँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ।

बन्दुक आक्रमणको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी अधिकारीले जानकारी दिएका छन्। मृत्यु हुनेमा बाबु र छोरा रहेका छन्।

यसअघि, २४ जनवरीमा पनि अज्ञात आक्रमणकारीले लाहोर प्रेस क्लब बाहिर हुसैन शाह नामका एक अपराध संवाददातालाई गोली हानी हत्या गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved