सुदूरपश्चिममा ४८६ जना संक्रमित थपिए, दुईको मृत्यु

नेपालभ्युज

सुदूरपश्चिममा ४८६ जना संक्रमित थपिए, दुईको मृत्यु

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आज थप ४८६ मा कोरोना संक्रमण पुष्टि भएको छ। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ६९३ जनाको नमूना परीक्षण गर्दा ४८६ मा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

पीसीआरमार्फत १८९ र एन्टिजेनमार्फत २९७ मा पुष्टि भएको हो। पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा १२१, महाकाली अस्पतालमा २९, बाजुरा अस्पतालमा २३, डडेल्धुरा अस्पतालमा १०, कमलबजार अस्पतालमा ६ र एन्टिजेनमार्फत कञ्चनपुरका ९०, कैलालीका ६२, बाजुरामा १८, दार्चुलाका १२, बझाङका १८, बैतडीका ३०, डडेल्धुराका ४८, डोटीका १३ र अछामका ६ मा संक्रमण पुष्टि भएको छ।

सो अवधिमा प्रदेशभर २५७ संक्रमण मुक्त भएका छन्। यस प्रदेशमा संक्रमण का कारण दुई जनाको मृत्यु भएको छ। कैलालीको बर्दगोरिया गाउँपालिका–४ का ७५ वर्षीय पुरुष र कञ्चनपुरको भीमदत्त नगरपालिका–८ का ७१ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

यसअघि बिहीबार यस प्रदेशमा ५५८ मा संक्रमण पुष्टि हुँदा १३० संक्रमण मुक्त भएका थिए। सुदूरपश्चिममा संक्रमण का कारण हालसम्म ६२१ को ज्यान गइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved