मोरङमा चौबिस घण्टामा १ सय ७६ जनामा संक्रमण

नेपालभ्युज

मोरङमा चौबिस घण्टामा १ सय ७६ जनामा संक्रमण

मोरङ । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश–१ मा सबैभन्दा बढी मोरङमा १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सो अवधिमा सुनसरीमा ८७, झापामा ६६, उदयपुरमा १५, इलाम र धनकुटामा ६\६, भोजपुरमा दुई, ताप्लेजुङ, सङ्खुवासभा र खोटाङमा एक\एक र प्रदेश बाहिरका २२ मा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। संक्रमण ८४१ को पीसीआर परीक्षण गर्दा ३८३ र ८१०को एन्टिजेन परीक्षण गर्दा ३१०मा कोरोना संक्रमण देखिएको हो।

स्थानीय पालिकाअनुसार सबैभन्दा बढी मोरङको विराटनगरमा १३५, सुनसरीको धरानमा ३७, इटहरीमा ३२, झापाको बिर्तामोड र दमकमा १३/१३ सहित अन्य पालिकामा संक्रमण देखिएको मान्त्रालयले जनाएको छ।

प्रदेशमा आजै १५१ महिलासहित ३२९ कोरोना संक्रमणमुक्त्त भएका छन् भने दुई महिलाको मृत्यु भएको छ। प्रदेशमा अझै सात हजार ४१६ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved