लिखित फाइललाई ‘डिजिटलाइजेशन’ गर्न मन्त्री दाहालको निर्देशन

नेपालभ्युज

लिखित फाइललाई ‘डिजिटलाइजेशन’ गर्न मन्त्री दाहालको निर्देशन

काठमाडौं। बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा रहेका लिखित फाइलहरूलाई डिजिलाइजेशन गर्न निर्देशन दिएका छन्। शुक्रबार काठमाडौंको गुर्जुधारास्थित यातायात कार्यालयको अनुगमन गर्दै मन्त्री दाहालले यस्तो निर्देशन दिएका हुन्।

उनले यातायात कार्यालयमा रहेका अस्तव्यस्त फाइलहरूले अबका दिनमा ठूलो समस्या सिर्जना गर्ने भन्दै व्यवस्थित बनाएर लैजानुपर्ने बताए। यातायात कार्यालयबाट तत्काल त्यो कुरा सम्भव नभए निजी क्षेत्रलाई टेण्डर आह्वान गरेर लिखित फाइलहरू अनलाइनमा परिणत गर्नुपर्ने उनको भनाइ थियो।

उनले कार्यालयमा अहिले चलिरहेको शैलीलाइ पनि रूपान्तरण गर्न आवश्यक रहेको भन्दै कार्यालयमा नयाँ प्रविधि भित्र्याउन आदेश दिए।  यातायात कार्यालयमा पैसा बुझ्ने कामले धेरै बिचौलियाको प्रवेश भएको भन्दै कार्यालयमा क्यासको कारोबार नै हुन नदिने गरी नयाँ सिस्टम बनाउनुपर्ने उनको भनाइ थियो।

मन्त्री दाहालले यातायात कार्यालयमा बिचौलियाका कारण इमान्दार कर्मचारी पनि आलोचित भइरहेकाले बिचौलियालाई कार्यालयमा प्रवेश गर्नै नदिन सचेत गराए।

भिडिओ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved