रुसका विपक्षी नेता नाभाल्नी आंतककारी सूचिमा

नेपालभ्युज

रुसका विपक्षी नेता नाभाल्नी आंतककारी सूचिमा

एजेन्सी । भ्रस्टाचारविरोधी अभिन्यता तथा विपक्षी नेता अलेक्जाई नाभाल्नीलाई रुस सरकारले ‘‘आतंकवादी र अतिवादी’’सूचिमा राखेको छ। एक वर्षभन्दा लामो समयदेखि जेलमा रहेका नाभाल्नीलाई मंगलबार यस्तो सूचिमा राख्ने निर्णय रुसको संघीय वित्तिय निगरानी सेवाले गरेको छ।

यससँगै रुसी कानूनअनुसार उनको बैंक खाता पनि फ्रिज हुनेछ। रुसले तालिवान र आईएसआईएसलाई जुन सूचिमा राखेको छ, त्यही सूचिमा नाभाल्नीलाई राखेको हो। नाभाल्नी राष्ट्रपति पुटिनका कटु आलोचक हुन्।

यसअघि नाभाल्नीका अन्य दुई सहयोगीलाई यसै महीना यस सूचीमा राखिएको थियो। ‘‘अतिवाद र आतंककारीको राम्रो टिममा काम गर्न पाउँदा मलाई गर्व छ,’’ नाभाल्नीका प्रमुख सहयोगी लियोनिड भोल्कोभले फेसबुकमा लेखेका छन्।

यस्ता शब्द प्रयोग गरेर सरकारले आफ्नो खाल्डो आफैं खनिरहेको उनले बताएका छन्।
नाभाल्नीकोे हत्या प्रयासको आरोप लागेपनि रुस सरकारले त्यसलाई खण्डन गर्दै आएको छ। २०२१ मा आफुविरुद्ध विष प्रयोग भएपछि नाभाल्नी सिधैं काममा पुगेका थिए, जर्मनीमा पाँच महीना उपचार गरेपछि उनी अन्ततः जनवरी २०२१ मा रुस फर्किएका थिए। लगत्तै उनलाई पक्राउ गरेर जेलमा लगिएको थियो।
उनको पक्राउको विरोधमा रुसका विभिन्न शहरमा ठूलै प्रदर्शन भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved