मेडिकल कलेजले अतिरिक्त शुल्क उठाएको भन्दै आन्दोलित विद्यार्थी सङ्गठनको आन्दोलन फिर्ता

नेपालभ्युज

मेडिकल कलेजले अतिरिक्त शुल्क उठाएको भन्दै आन्दोलित विद्यार्थी सङ्गठनको आन्दोलन फिर्ता

काठमाडौं। मेडिकल कलेजले अतिरिक्त शुल्क उठाएको भन्दै संघर्षरत् संयुक्त विद्यार्थी सङ्गठनले आफ्नो आन्दोलन फिर्ता लिएको छ। सोमबार विद्यार्थी सङ्गठन र काठमाडौं विश्वविद्यालय प्रशासनबीच भएको सहमतिपछि आन्दोलन फिर्ता भएको हो।
विभिन्न आठ राजनीतिक दलनिकट विद्यार्थी सङ्गठन मेडिकल कलेजको अतिरिक्त शुल्कविरुद्ध आन्दोलनमा थिए।
वार्तामा डिन कार्यालय र रजिस्ट्रार कार्यालयले अतिरिक्त शुल्क विद्यार्थीकै नाममा फिर्ता गर्ने, छात्रावासलाई ऐच्छिक गर्ने तथा होस्टेल शुल्क र अतिरिक्त शुल्कबापत पठन–पाठन लगायत सुविधाबाट वञ्चित विद्यार्थीलाई निःशर्त कक्षामा सामेल गराउने निर्णय गरेका थिए।
निर्णयपछि हाललाई आन्दोलनका कार्यक्रम स्थगित गरिएको विद्यार्थी सङ्गठनले संयुक्त प्रेस विज्ञप्त जारी गरी जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved