समाचारमा मेरो आपत्ति छ : हेमन्त रेग्मी

नेपालभ्युज

समाचारमा मेरो आपत्ति छ : हेमन्त रेग्मी

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेका स्वकीय सचिव हेमन्त रेग्मीले नेपालभ्युजमा प्रकाशित ‘मन्त्री आलेका पिएको रवाफ, डेढ करोड रुपैयाँ त आँखा चिम्लेर खर्च गर्नसक्छु’ शीर्षक समाचारप्रति आपत्ति प्रकट गरेका छन्। समाचारले आफ्नो चरित्र हत्या गर्न खोजेको भन्दै रेग्मीले आपत्ति प्रकट गरेका हुन्।

सम्पादकलाई लेखिएको चिठीमा उनले भनेका छन्, ‘मैले गृहजिल्ला कैलालीको जग्गा बिक्री गराइदिन काठमाडौंको इन्द्रदहबाट गरेको १५ मिनेट लामो नितान्त व्यक्तिगत मोबाइल सम्वादलाई काटकुट पारेर अतिरन्जित तरिकाले समाचार बनाएको प्रति मेरो आपत्ति छ।’

रेग्मीले उक्त संवाद आफू मन्त्रीको पिए नहुँदाको बेलाको रहेको पनि प्रस्ट्याएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved