पाँचौँ निफ महोत्सवका लागि ३८ देशका ८९ चलचित्र छनोट

निफको पाँचौँ संस्करण आगामी चैत १० देखि १४ सम्म काठमाडौंमा आयोजना हुँदैछ।

नेपालभ्युज

पाँचौँ निफ महोत्सवका लागि ३८ देशका ८९ चलचित्र छनोट

काठमाडौं। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले वर्षेनी आयोजना गर्दै आइरहेको नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (निफ) को पाँचौ संस्करणका लागि ३८ देशका ८९ ओटा चलचित्र छनोट भएका छन्। महोत्सवका लागि विभिन्न ५५ देशबाट ४ सय बढी चलचित्र प्राप्त भएकोमा छनोट समितिको सिफारिसको आधारमा ८९ ओटा चलचित्र छनोट गरिएको प्रतिष्ठानले जनाएको छ।

निफको पाँचौँ संस्करण आगामी चैत १० देखि १४ सम्म काठमाडौंमा आयोजना हुँदैछ। महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत फिचर फिल्म, एनिमेटेड फिल्म, वृत्तचित्र फिल्म, सर्ट फिल्म र राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत फिचर फिल्म, वृत्तचित्र र सर्ट फिल्ममा चलचित्रहरूको आवेदन परेको थियो।

‘विश्वभरिका कथाहरुको उत्सब नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव’ नाराका साथ शुरु हुन लागेको उक्त महोत्सवमा अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिष्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतमबुद्ध अवार्ड प्रदान गरिने छ भने राष्ट्रिय तथा अन्तराष्ट्रिय फिचर फिल्महरूमध्येबाट एकलाई फिल्म सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ, आईएफएफस अवार्ड वितरण गरिनेछ।

यसैगरी, सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेष्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ५ सय डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघुचलचित्रलाई ५ सय डलर राशिको बाग्मती अर्वाड प्रदान गरिनेछ आयोजकले जनाएको छ। यस्तै नेपाली प्रतिष्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख रुपैयाँ नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्मलाई नगद ५० हजार रुपैयाँ नगद र ट्रफी, उत्कृष्ट वृत्तचित्रलाई ५० हजार रुपैयाँ नगद र ट्रफी तथा सर्ट फिल्ममध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिने र फिचर फिल्मतर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाँकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।

महोत्सवमा यस वर्षदेखि नेपाली प्रतिष्पर्धामा पचास हजार नगद पुरस्कारसहितको बेस्ट डकुमेन्ट्री अवार्ड पनि थप गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved