प्रदेश १ मा एक हजार २८३ मा संक्रमण

नेपालभ्युज

प्रदेश १ मा एक हजार २८३ मा संक्रमण

विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा एक हजार २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा एक हजार ४९२ जनाको पिसीआर परीक्षण गर्दा ८४६ र ९८२ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा मोरङमा ३६७, सुनसरीमा २४२, झापामा १६८, धनकुटामा सात, उदयपुरमा छ, इलाममा चार, खोटाङमा तीन, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा र भोजपुरमा एक÷एक र प्रदेश बाहिरका ४५ जनामा संक्रमण देखिएको हो।

स्थानीय पालिका अनुसार सबै भन्दा बढी विराटनगर महानगरपालिकामा २७६, सुनसरीको धरानमा १२१, इटहरी उपमहानगपालिका ७६, मोरङको बेलबारीमा ३६, झापाको विर्तामोडमा ३१, दमक नगरपालिकामा ३७ र कन्काई नगरपालिकामा २० सहित प्रदेशको ५७ वटा पालिकामा सङ्क्रमित देखिएका छन्।

प्रदेशमा आजै १०७ महिलासहित २४३ जना कोरोना सङ्क्रणमुक्त भएका छन् भने एक महिलासहित तीन जनाको मृत्यु भएको र छ हजार ४५४ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved