श्रीलंकामा खाद्यान्न र इन्धन संकट, मूल्य वृद्धिदर १४% पुग्यो

नेपालभ्युज

श्रीलंकामा खाद्यान्न र इन्धन संकट, मूल्य वृद्धिदर १४% पुग्यो

कोलम्बो । श्रीलंकाको उपभोक्ता मूल्य वृद्धिदर डिसेम्बर महीनामा हालसम्मकै उच्च १४% पुगेको छ। श्रीलंकामा उच्च मूल्य वृद्धिसँगै खाद्यान्न र इन्धन संकट पनि बढ्दै गएको छ।

गत वर्ष एग्रोकेमिकल आयातमा प्रतिबन्ध लगाएपछि श्रीलंकाको करिब ३०% खेतीयोग्य जमिन बाँझै रहेको छ। जसकारण धान उत्पादनमा पनि उल्लेख्य कमी आउने बताइएको छ। श्रीलंकाको खाद्यान्न मूल्य वृद्धिदर पनि हालसम्मकै उच्च पुगेको छ।

नोभेम्बर महिनामा १६.९% रहेको खाद्यान्न मूल्य वृद्धिदर डिसेम्बर महिनामा २१.५% पुगेको छ। पछिल्लो समय श्रीलंका आर्थिक संकटबाट गुज्रिरहेको छ।

राष्ट्रपछि नोटाबाया राजपाक्षेले सन् २०१९ मा पदभार सम्हाले यता श्रीलंकाका वैदेशिक मुद्रा सञ्चिति ७.५ अर्ब अमेरिकी डलरबाट घटेर ३.१ अर्ब डलरमा आएको छ। जुन २ महिनाको आयात धान्न मात्र पर्याप्त हुन्छ। श्रीलंकाको वैदेशिक ऋण पनि ३५ अर्ब डलर रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved