भारतले अयोध्या–जनकपुरधाम जोड्ने चार लेनको सडक निर्माण गर्ने

भारतले अयोध्या–जनकपुरधाम जोड्ने चार लेनको सडक निर्माण गर्ने

जनकपुरधाम । भारत सरकारले अयोध्यादेखि नेपालको जनकपुरधामसम्म चारलेनको सडक निर्माण गर्ने भएको छ। ‘रामजनकी मार्ग’ नामकरण गरिएको यस सडक अयोध्याबाट प्रारम्भ हुनेछ। यो सडक वस्ती–बडहलगञ्ज, मेहरौना घाट, सिनाव, धकिया, सीतामढी, मिठामोड हुँदै जानकीको जन्मस्थली जनकपुरसम्म बिस्तार हुनेछ।

रामजानकी मार्ग बनाउने बिहार सरकारको अनुरोधलाई स्वीकार गर्दै केन्द्र सरकारले सडक बनाउने निर्णय गरेको हो। भारतका केन्द्रीय सडक परिवहन तथा राजमार्गमन्त्री नितिन गडकरीले बिहार सरकारका विभागिय मन्त्री नितिज नविनलाई लेखेको पत्रमा जनकपुरधामलाई ‘‘जगत जननी माता जानकीको जन्मस्थल’’ भनेर सगौरव उल्लेख गरिएको छ।

करिब सात हजार करोडको लागतमा निर्माण हुने सो सडकले अवध र मिथिलाधामको यात्रा सहज बनाउने अपेक्षा गरिएको छ। भारत सरकारको निर्णयले मिथिला र अवधमा खुसी छाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved