मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर अस्पताल भर्ना

नेपालभ्युज

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर अस्पताल भर्ना

एजेन्सी। मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद अस्पताल भर्ना भएका छन्। उनलाई अस्पताल भर्ना गरिएको उनको कार्यालयका प्रवक्ताले बताएका हुन्।

९६ वर्षीय मोहम्मदको राष्ट्रिय हृदय संस्थाको कार्डियाक केयर युनिटमा उपचार भइरहेको प्रवक्ताले संक्षिप्त विज्ञप्तिमा बताएका छन्।

यसअघि, महाथिरलाई गत वर्ष डिसेम्बर १६–२३ मा पूर्ण स्वास्थ्य परीक्षण र अवलोकनका लागि राष्ट्रिय हृदय संस्थामा भर्ना गरिएको थियो ।

उनलाई गत ७ जनवरीमा सोही अस्पतालमा भर्ना गरिएको थियो र जनवरी १३ मा डिस्चार्ज गरिएको थियो। महाथिर दुई कार्यकालसम्म प्रधानमन्त्री रहेका थिए।

पहिलो सन् १९८१ देखि २००३ र दोस्रो सन् २०१८ देखि २०२० सम्म उनको कार्यकाल रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved