तारा एयरले इलामको सुकिलुम्बा विमानस्थलमा उडान शुरू गर्ने

नेपालभ्युज

तारा एयरले इलामको सुकिलुम्बा विमानस्थलमा उडान शुरू गर्ने

काठमाडौं ।  तारा एअरले इलामको सुकिलुम्बा विमानस्थलमा उडान सेवा शुरू गर्ने भएको छ। इलाम नगरपालिका र तारा एयर प्रा.लि.बीच त्यहाँको सुकिलुम्बा विमानस्थल सञ्चालन गर्ने विषयमा ३ माघमा सम्झौता भएको थियो।

सम्झौता अनुरुप ८ फागुनदेखि प्रत्येक आइतबार काठमाण्डौंबाट सुकिलुम्बा विमानस्थलमा उडान–अवतरण हुने निश्चित भएको नेपाल पर्यटन बोर्डका सदस्य तथा पर्यटन व्यवसायी कृष्ण शाहले जानकारी दिए।

शाहका अनुसार नगरपालिकाले १२ उडानका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। १६ यात्रु क्षमता सिट क्षमताको जहाजको एकतर्फी भाडा रु आठ हजार ७०० तोकिएको छ। सम्झौताअनुसार ११÷११ जनाको आउने–जाने भाडा इलाम नगरपालिकाले नै तिर्नुपर्नेछ।  ”इलाम आफैमा राम्रो पर्यटकीय गन्तव्य हो । इलामलाई प्रकृति र संस्कृतिको सङ्गम मान्ने गरिन्छ । त्यहाँ पर्यापर्यटन, कृषि–पर्यापर्यटन, चिया पर्यटन, धार्मिक–सांस्कृतिक पर्यटन र मनोरञ्जन पर्यटनको सम्भावना छ । हवाई सेवा नियमित हुन सके इलाम जाने पर्यटकको संख्या बढ्ने हाम्रो अपेक्षा छ,” शाहले भने।

पूर्व जान चाहने आन्तरिक पर्यटकको संख्या बढी रहेपनि सडक यातायातबाट जादाँ बढी समय लाग्ने भएकोले हवाई यात्राबाट पर्यटक संख्या बढ्ने उनले बताए। इलाममा,सन्दकपुर, माईपोखरी, कन्याम–अन्तुसर्किट, छिन्टापु, सानो पाथीभरा, सिद्धिथुम्का, माङ्मालुङ, माङ्सेबुङ, गजुरमुखी, रेड पाण्डा पाइने वन तथा इलाम सदरमुकाम, पशुपतिनगर आदी पर्यटकीय आर्कषणका केन्द्र हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved