धनुषामा एक महिलाको शव फेला

शवको प्रकृति हेर्दा उनको बलात्कारपश्चात् हत्या भएको आशंका प्रहरीले गरेको छ।

नेपालभ्युज

काठमाडौं। धनुषामा एक महिलाको शव फेला परेको छ।जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार धनुषाधाम नगरपालिका ६ मालटोल स्थित पूर्व पश्चिम राजमार्ग मार्ग देखि २ किमी दक्षिणतर्फ रहेको पदम थापाको आँपको बगैँचामा करीब २५/२६ वर्षीया महिलाको शव फेला परेको हो।

शवको प्रकृति हेर्दा उनको बलात्कारपश्चात् हत्या भएको आशंका प्रहरीले गरेको छ।

टाउको फुटेको र रगत लत्पतिएको अवस्थामा ती महिलाको शव बुधबार साँझ फेला परेको इलाका प्रहरी कार्यालय यज्ञभूमिले जनाएको छ। मृतक महिलाको पहिचान खुल्न सकेको छैन। कालो वर्णकी ती महिलाले रातो रंगको सुइटर र निलो रंगको कुर्था सुरुवाल लगाएकी छन्।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जनाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved