सर्लाहीमा आगो ताप्दा जलेर ७५ वर्षीय वृद्धाको मृत्यु

नेपालभ्युज

सर्लाहीमा आगो ताप्दा जलेर ७५ वर्षीय वृद्धाको मृत्यु
सांकेतिक तस्वीर

सर्लाही। सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको ज्यान गएको छ। सर्लाहीको गोडैता नगरपालिका–११ सिसौटियामा आगो ताप्ने क्रममा जलेर ७५ वर्षीय वृद्धा देवकली देवीको ज्यान गएको हो।

घरमा आगो बालेर ताप्दै गर्दा शरीरमा आगो सल्किएपछि गम्भीर घाइते भएकी देवकलीको उपचारका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याउँदै गर्दा गए राति बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved