कोरोनाको सुनामी रफ्तार, गण्डकीमा २४ घण्टामा ५४ प्रतिशतभन्दा धेरै संक्रमित

नेपालभ्युज

कोरोनाको सुनामी रफ्तार,  गण्डकीमा २४ घण्टामा ५४ प्रतिशतभन्दा धेरै संक्रमित

पोखरा । गण्डकी प्रदेशमा पछिल्ला केही दिनयता कोरोना सङ्क्रमित बढेका छन्। पछिल्लो २४ घण्टामा परीक्षण गरिएकामध्ये ५४ दशमलव शुन्य ३ प्रतिशतमा संक्रमण पुष्टि भएको हो। प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख नवराज शर्माका अनुसार एक हजार ३०१ जनाको नमूना परीक्षण गरिएकामा ७०३ जनामा सङ्क्रमण पुष्टि भयो। यस अवधिमा एक जनाको निधन भएको छ। लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ का ८७ वर्षीय पुरुषको जिल्ला अस्पताल लमजुङमा मृत्यु भएको हो।

शर्माका अनुसार एन्टिजेन परीक्षणबाट ३३८ र पीसीआर परीक्षणमा ३६५ जनामा सङ्क्रमण देखिएको हो। यस अवधिमा निको भएका छन् । गण्डकीमा सबैभन्दा बढी कास्कीमा थप ३६५ जनामा सङ्क्रमण पुष्टि भएको छ। त्यसैगरी स्याङ्जामा ८५, तनहुँ ८३, गोरखा ५८, नवलपरासी पूर्व ४६, लमजुङ ३०, म्याग्दी १९, बाग्लुङ ११, म्याग्दी पाँच र मुस्ताङमा एक जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

गण्डकी प्रदेशमा हालसम्म ९१ हजार ३५८ जनामा सङ्क्रमण पुष्टि भएको तथा ८७ हजार १४५ जना निको भएको जनाइएको छ। गण्डकीमा हाल सक्रिय सङ्क्रमितको दुई हजार ७८४ जना रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved