कोटेश्वरमा मानिसलाई ठक्कर दिएर फरार चालक टिपरसहित पक्राउ

नेपाल भ्यूज

कोटेश्वरमा मानिसलाई ठक्कर दिएर फरार चालक टिपरसहित पक्राउ

काठमाडौं । कोटेश्वरमा मानिसलाई ठक्कर दिई फरार रहेका चालकलाई आज प्रहरीले टिपरसहित नियन्त्रणमा लिएको छ।

प्रदेश नं ३–०२–०२६ प १८२४ को मोटरसाइकललाई मङ्गलबार साँझ ठक्कर दिएर चालक फरार भएका थिए। उक्त दुर्घटनामा घाइते भएका मोरङ घर भई भक्तपुरको सल्लाघारी बस्ने २७ वर्षीय प्रकाश लिम्बूको उपचारका क्रममा राति नै ट्रमा सेन्टरमा मृत्यु भएको थियो।

मोटरसाइकलको पछाडि बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिकाका ३१ वर्षीय देव लामाको सोही अस्पतालमा उपचार भइरहेको छ।

अनुसन्धानका क्रममा प्रहरीले कीर्तिपुरको सुन्दरीघाटस्थित दोभानमा लुकाई–छिपाई राखेको अवस्थामा ना१क ४५०२ नंको टिप्परसहित त्यसका चालक सुब्बा श्रेष्ठलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसरले जनाएको छ।

उनीमाथि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरबाट थप अनुसन्धान कार्य भइरहेको छ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved