मधेस प्रदेशमा आज ‘मधेस बलिदानी’ दिवस मनाइँदै

नेपालभ्युज

मधेस प्रदेशमा आज ‘मधेस बलिदानी’ दिवस मनाइँदै

काठमाडौं। मधेस प्रदेशमा आज ‘मधेस बलिदानी’ दिवस मनाइँदै छ। ५ माघ, २०६३ मा तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले गोली प्रहार गर्दा रमेश महतोको ज्यान गएको थियो।
उनी आन्दोलनका पहिलो सहिदका रूपमा चिनिन्छन्। उनकै सम्झनामा बुधबार ‘मधेस बलिदानी’ दिवस मनाउन लागिएको हो।

अन्तरिम संविधान २०६३ काठमाडौंमा जलाएर उपेन्द्र यादव नेतृत्वमा मधेसी जनअधिकार फोरमले तराईमा मधेस आन्दोलन गरेको थियो।

सोही आन्दोलनको क्रममा महतोले माओवादी कार्यकर्ताले प्रहार गरेको गोलीका कारण ज्यान गुमाउन पुगेका थिए।

सोमबार तराईका ८ जिल्ला रहेको प्रदेश २ को नाम मधेस प्रदेश पनि घोषणा भयो। त्यसपछि मंगलबार सार्वजनिक बिदा दिएको प्रदेश २ सरकारले बुधबार पहिलो मधेस सहिदको नाममा सार्वजनिक बिदा दिएको हो।
दिवसका अवसरमा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ट्वीट गर्दै जातीयभाषिक पहिचान र मुक्तिका लागि बलिदान दिने सहिद र योद्धाहरूप्रति सम्मान प्रकट गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved