कोरोना बढेपछि मनकामना मन्दिर प्रवेश निषेध

नेपालभ्युज

कोरोना बढेपछि मनकामना मन्दिर प्रवेश निषेध
फाइल तश्वीर

काठमाडौं। कोरोना संक्रमण तीव्र रुपमा फैलिँदै गएपछि मनकामना क्षेत्र विकास समितिले मनकामना मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। मंगलबार बसेको सरोकारवालाहरूको बैठकले ६ गते (बिहीबार)देखि माघ मसान्तसम्म मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरेको हो।

यस अवधिमा नित्य पूजा बाहेक अन्य पूजा र मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक देवेन्द्र गुरुङले जानकारी दिए।

मन्दिरमा भक्तजनबाट हुने बलीपुजा, लाख बत्ती बाल्ने जस्ता धार्मिक गतिविधिमा पनि निषेध गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved