यी हुन् एमालेका ६३ जिल्ला अध्यक्ष, नौ जिल्लामा अधिवेशन उद्घाटन हुनै बाँकी

धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा भने कोरोना महामारीलाई ध्यानमा राखेर नयाँ मिति तय गरिने एमालेले जनाएको छ।

नेपालभ्युज

यी हुन् एमालेका ६३ जिल्ला अध्यक्ष, नौ जिल्लामा अधिवेशन उद्घाटन हुनै बाँकी

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको ६३ जिल्ला अधिवेशन र दुई विशेष जिल्ला अधिवेशनहरु सम्पन्न भएका छन्।

पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी पाँच जिल्लामा जिल्ला अधिवेशन उद्घाटन भए पनि नेतृत्व चयन र समापन भने बाँकी रहेको एमालेले जनाएको छ।

धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा भने कोरोना महामारीलाई ध्यानमा राखेर नयाँ मिति तय गरिने एमालेले जनाएको छ।

त्यसैगरी, विद्यार्थी विशेष र उद्योग–व्यवसायी विशेष जिल्ला कमिटीका अधिवेशनहरु पनि पछि आयोजना हुनेछन्।

जिल्ला कमिटी सरहका सम्पर्क कमिटीहरुमध्ये मधेश प्रदेशबाहेक ६ ओटै प्रदेश कमिटीका अधिवेशनहरु पनि सम्पन्न भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved