यू–१९ विश्वकप: श्रीलंकाको लगातार दोस्रो जित

नेपालभ्युज

यू–१९ विश्वकप: श्रीलंकाको लगातार दोस्रो जित

काठमाडौं। यू–१९ विश्वकप क्रिकेटमा श्रीलंकाले लगातार दोस्रो जित दर्ता गरेको छ। सोमबार राति भएको खेलमा श्रीलंकाले अस्ट्रेलियालाई ४ विकेटले पराजित गरेको हो। समूह डीमा श्रीलंकाले खेलेका दुवै खेलमा जित दर्ता गर्दै ४ अंकका साथ आफूलाई शीर्ष स्थानमा राखेको छ।
अस्ट्रेलियाले दिएको १७६ रनको सामान्य लक्ष्य श्रीलंकाले ३७ ओरमा ४ विकेट गुमाएर पुरा गरेको थियो। श्रीलङ्कालाई जिताउनका लागि कप्तान डुनिथ वेलवेजले अर्धशतकीय पारि खेले । उनले ५२ रन बनाउँदा अन्जला बन्दराले ३३ रनको योगदान गरेका थिए।
रनुदा सोमराथनेले ३२ रनको अविजित पारि खेल्दै जित पक्का गरेका थिए। अष्ट्रेलियाका जोशुआ गार्नर र टम ह्विट्नीले समान दुई दुई विकेट लिए।
पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले ५० ओभरमा सवै विकेट गुमाएर १७५ रन मात्रै बनाउन सक्यो। उसका लागि क्याम्पबेल केलावेले सर्वाधिक ५२ रन जोड्दा विलियम साल्जमानले २२ तथा निवेथन राधाकृष्णनले २१ रन बनाएका थिए। श्रीलंकाका डुनिथ वेलवेज एक्लैले ५ विकेट लिएपछि अष्ट्रेलियन पारि ध्वस्त भएको थियो। विश्वकप अन्तर्गत अन्य खेलमा वेस्टइन्डिजले स्कटल्याण्डमाथि ७ विकेटको जीत दर्ता गर्दा पाकिस्तानले जिम्बावेलाई ११५ रनको विशाल अन्तरले पराजित गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved