प्रदेश २ : राजधानीपछि नामका लागि मतदान शुरु

नेपालभ्युज

प्रदेश २ : राजधानीपछि नामका लागि मतदान शुरु

जनकपुरधाम। प्रदेश २ को स्थायी राजधानीको टुंगो लागेपछि नामका लागि मतदान शुरु भएको छ।

तीन दलको संयुक्त प्रस्ताव मधेश प्रदेशका लागि मतदान शुरु भएको छ। सत्तारुढ दल जनता समाजवादी पार्टी, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले प्रस्ताव गरेको प्रस्ताव मधेश प्रदेशका लागि मतदान शुरु भएको छ।

शैलेन्द्र कुमार यादव र भरत प्रसाद साह प्रस्तावक रहेको नाम मधेश प्रदेश कायम गर्न शैलेन्द्र कुमार यादवले पेश गरेको प्रस्तावमा मतदान शुरु भएको हो। प्रदेश २ मा हाल १ सय ४ जना सांसद रहेकोमा दुई तिहाईका लागि ७० मतको आवश्यक छ।

मधेश प्रदेशसँगै नामकरणका लागि ‘जानकी प्रदेश’, ‘मिथिला’ ‘भोजपुरा’ र ‘मध्य मधेश’ प्रदेश प्रस्ताव दर्ता भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved