पाकिस्तानको सिन्ध प्रान्तमा मास्क नलगाउने सरकारी कर्मचारीको एक दिनको तलब कटौती गरिने भएको छ।
प्रदेशमा बढ्दो कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै यी निर्देशन जारी गरिएको हो। यहाँ कोरोना पोजिटिभ दर ३५ प्रतिशत पुगेको छ। मुख्यमन्त्री मुराद अली शाहको अध्यक्षतामा सीएम हाउसमा कोरोना टास्क फोर्सको बैठक बसेको थियो, जसमा शाहले मास्क नलगाउने अफिसरलाई जरिवाना तिर्नुपर्ने बताएका थिए।
प्रदेशमा कोभिड–१९ का बढ्दो केसलाई ध्यानमा राख्दै उक्त निर्देशन जारी गरिएको बताइएको छ। सिन्ध सरकारले अनुहारमा मास्क नलगाउने सबै सरकारी अधिकारी र कर्मचारीहरूबाट एक दिनको तलब कटौती गर्न अधिकारीहरूलाई निर्देशन दिएको जनाएको छ।
पाकिस्तानमा पनि ओमक्रोन संक्रमण तीव्र गतिमा फैलिरहेको छ। पाकिस्तानमा कोरोना परीक्षण गराएका ७० प्रतिशतमा संक्रमण देखिएको त्यहाँको सरकारले जनाएको छ।
Facebook Comment
Comment